एमसीसी अनुमोदनपछि चीनीया विदेशमन्त्रीलाई स्वागत गर्ने, त्यस लगत्तै भारत भ्रमणमा जाने तयारीमा प्रधानमन्त्री देउवा

एमसीसी अनुमोदनपछि चीनीया विदेशमन्त्रीलाई स्वागत गर्ने, त्यस लगत्तै भारत भ्रमणमा जाने तयारीमा प्रधानमन्त्री देउवा

  • बिहिबार, चैत्र १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

चैत्र १० काठमाण्डौँ । लामो समयदेखि अल्झिएको अमेरीकी सहायता परियोजना एमसीसी अनुमोदन गराएर अमेरीकालाई रिझाउन सफल प्रधानमन्त्री शेर बहादुर देउवा चीनीया विदेशमन्त्रीको नेपाल भ्रमण सकिएपछि भारत जाने संभावना बढेको छ ।
उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री भएपछि पहिलो पटक उनी विदेश यात्रामा जाने लगभग निश्चित बनेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीले यस अघि नै निमन्त्रण पत्र पठाएको र प्रधानमन्त्रीले स्वीकार गरिसकेको परराष्ट्र स्रोतको दाबी छ । चैत्र १८ गते देउवा भारत जान सक्ने बताईएको छ ।

त्यस अघि श्रीलंकामा विमस्टेक सम्मेलनमा भर्चुअल संवोधन गर्ने तयारी गरेका देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्धिपक्षीय भेटवार्ता गर्ने तयारी रहेको बताईएको छ ।
एमसीसी अनुमोदनपछि शसंकित बनेको चीनले विदेशमन्त्री वाङ यी लाई नेपाल भ्रमणमा पठाँउदैछ । शुक्रबार चैत्र ११ देखि हुने यस भ्रमणमा वाङले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री , एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यस भ्रमणका बेला चीन र नेपालबीच बिआरआई लगायतका महत्वपूर्ण योजनामा सम्झौता गर्ने तयारी गरेको छ । यो सम्झौताका साथै पोखरा अन्तराष्ट्यि विमानस्थलको उद्घाटन पछि वाङको नेपाल भ्रमण पूरा हुनेछ ।
प्रधानमन्त्री देउवा प्रधानमन्त्री भएको ९ महिना भित्र अमेरीकासँगको एमसीसी परियोजना व्यापक विरोधका बीच १२ बुदे घोषणा मार्फत अनुमोदन गराउन सफल भएका छन् भने अब चीनसँग बिआरआई लगायतका परियोजनामा सम्झौता गरे अर्को फड्को मार्न सफल हुनेछन् ।
चीन र अमेरीका सन्तुलनमा आएपछि भारतसँग समेत सम्बन्ध थप सुदृढ बनाउने रणनीतिमा देउवा दिल्ली जान लागेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी