काठमाडौं चैत्र ९। संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुँदैछ ।
संवैधानिक इजलासले दुवै पक्षलाई एक–एक घण्टा समय दिएको छ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उपस्थित बहुमत पदाधिकारीले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश बमोजिम संवैधानिक निकायमा पटक(पटक गरी ५२ पदाधिकारी नियुक्तिको सिफारिस भएको थियो ।
यसअघि संवैधानिक परिषदको सदस्यका हैसियतले नियुक्तिकर्ता भएकाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले यी रिटमा सुनुवाई गर्न नमिल्नेबारे विवाद भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गरेका थिए ।
यदी ती नियुक्तिहरु खारेज गरेमा त्रैत्र १५ अघि नै सरकारले नयाँ नियुक्ति शुरु गर्ने अनुमान गरिएको छ ।