चैत्र ८ नुवाकोट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली प्रतिगामी चरित्रको नमुना भएको भन्दै यस बीचमा उनलाई आफनो पार्टीले उत्तानो पारेको टिप्पणी गरेका छन् ।
आज नुवाकोटमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले केपी ओलीको अहमतासँग नेपाली जनता अघाईसकेको भन्दै अहिले ओली चारै तिर कमजोर बनेको दाबी गरे ।
ओली र एमालेले संविधान र लोकतन्त्र मास्क पटक पटक संसद विघटन गरेको जिकिर गर्दै उनले पछिल्लो राष्ट्रिय सभाको निर्वाचन सम्म आँउदा ६ महिनामा ओलीको पार्टीलाई समाजवादीले उत्तानो पार्न सफल भएको दाबी गरे ।
अहिले एकीकृत समाजवादी पार्टीप्रति जनलहर बढेको र एमाले छाडेर आउनेहरुको लहर चलेको भन्दै देश र जनताको भरोसायोग्य पार्टी ६ महिनामै बनाउन सफल भएको बताए ।
आगामी निर्वाचन सम्म गठबन्धन कायम राख्न प्रयास भईरहेको भन्दै उनले सबै दलले समान हैसियतमा तालमेल गर्नु पर्ने बताए ।