चैत्र ८ काठमाण्डौँ । पाचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ( निफ) यहि चैत्र १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रूपमा हुने भएको छ ।
गत बर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको जोखिमका कारण भर्चुअल गरियो। यस बर्ष पनि अवस्थामा सकारात्मक परिवर्तन देखिँदा भर्चुअलबाट प्रत्येक्ष गर्ने निर्णय गरिएको हो।
यस महोत्सवमा ३८ देसका ८९ चलचित्र बीच प्रतिस्पर्धा हुनेछ , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ बिधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ । कार्यक्रमलाई प्रत्येक्ष र अन्लाईन मार्फत प्रदर्सन गरिनेछ ।
देशी बिदेशी अनुभवी प्रसिद्ध फिल्मकर्मिहरुको सहभागितामा विविध बिधामा कार्यशाला , अन्तरक्रिया र छलफलले नेपाली कला सस्कृती र पर्यटनलाई सहयोग पुर्याउने हुँदा ब्यावसायी सरकार र सरोकारवालाको सहयोग अपरिहार्य मानिएको छ।