पल शाह बिरुद्धको अभियोगपत्र तनहुँ जिल्ला अदालतमा दायर

पल शाह बिरुद्धको अभियोगपत्र तनहुँ जिल्ला अदालतमा दायर

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

चैत्र ८ तनहुँ । तनहुँ जिल्ला सरकारी वकिलको कार्यलयले अभिनेता पल शाह बिरुद्धको बलात्कार मुद्धाको अभियोग पत्र अदालतमा पेश गरेको छ । अभियोग पत्रमा १४ वर्ष सम्म जेल सजाय माग गरिएको बताईएको छ । नाबालिका नायिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनी पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धान र बयान सकेर प्रहरीले सरकारी वकिलको कार्यलयलाई पेश गरेपछि अदालतमा अभियोग पत्र दर्ता भएको हो ।
अब अदालतले बयान लिएर फैसला सुनाउने छ ।
किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी