चैत्र ७ बीरगञ्ज । केही दिन अघि सम्म एमाले प्रवेश गर्ने भनेर आफैले समेत हल्ला चलाएका बीरगञ्जका प्रभावशाली नेता राजेश सिंह जसपामा प्रवेश गरेका छन् ।
आज पार्टीका अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादव , मुख्यमन्त्री लाल बहादुर राउत लगायतका नेताको उपस्थितिमा भएको कार्यक्रममा उनी जसपामा प्रवेश गरेका हुन् । उनी सहित लोपसा र अन्य दल परित्याग गरेर थुप्रै नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।
सिंह बीरगञ्जका मेयर बिजय सरवागी एमाले गएपछि जसपातिर हान्निएका हुन् । सरवागी एमालेमा गएर उम्मेद्धार हुने निश्चित भएपछि सिंहले जसपामा प्रवेश गरेर निर्वाचन लड्ने भएका हुन् । उनले बीरगञ्जको मेयरमा उम्मेद्धारी दिने बताएका छन् ।
अघिल्लो पटक पनि राजपाबाट लडेका उनले १२ हजार बढी मत ल्याएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline