लेटाङमा शिक्षकले बालिका बलात्कारको प्रयास गरेको बिषयमा छलफल गर्दै झडप हुँदा महिला प्रहरीको मृत्यु, बिहानैदेखि कफ्र्यु जारी

लेटाङमा शिक्षकले बालिका बलात्कारको प्रयास गरेको बिषयमा छलफल गर्दै झडप हुँदा महिला प्रहरीको मृत्यु, बिहानैदेखि कफ्र्यु जारी

  • सोमवार, चैत्र ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

विराटनगर चैत्र ६ । आफ्नै छात्रामाथि बलात्कार प्रयास गरेका शिक्षकलाई पक्राउ गर्न ढिलो गरेको भन्दै आक्रोशित भीडले मोरङको लेटाङमा झडप गर्दा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जीसीले जानकारी दिए। ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु हुन पुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ ।

लेटाङ(५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउसो १ बजेतिर आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटनापछि शिक्षक विद्यालयमै रहेको सूचनापछि आक्रोशित स्थानीयले घेराउ गरेका थिए ।
आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन ।

विद्यालय तनावग्रस्त बनेपछि विराटनगरबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा आगजनी गरेको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले फेरि आक्रमण गरेको थियो । सो क्रममा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसीसहित केहि प्रहरी र केहि प्रदर्शनकारी घाइते भएका छन ।
प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए । घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए । पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफुलाई दुव्र्यवहार गरेको छात्राले बताएकी छन् ।

यो उग्र तनावपछि सो क्षेत्रमा आज बिहानै बाट कफ्र्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ । त्यहाँको अवस्था नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको प्रजिअ दाहालले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ