अर्थविद डा. शंकर शर्मा भारतका लागि नेपाली राजदुतमा नियुक्त

अर्थविद डा. शंकर शर्मा भारतका लागि नेपाली राजदुतमा नियुक्त

  • आइतवार, चैत्र ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

चैत्र ६ काठमाडौं । भारतका लागि नेपाली राजदूतमा अर्थविद् डा. शंकर शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शर्माको एग्रिमो नयाँ दिल्लीले चैत २ मा पठाएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ११ गते शर्मासहित तीन देशका लागि राजदूत सिफारिस गरेको थियो । अमेरिका र बेलायतबाट एग्रिमो आइसकेर ती दुवै देशमा नेपाली राजदूतहरुले कार्यभार सम्हालिसकेका छन् । अमेरिका र बेलायतका लागि क्रमशः श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन् ।
यता चीनमा भने ६ महिनादेखि राजदुत खाली रहेपनि सरकारले अझै नियुक्त गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ