बेरोजगारीको समस्या दर्शाउने दृष्यः म्यादी प्रहरीमा फारम भर्नेको लाईन !

बेरोजगारीको समस्या दर्शाउने दृष्यः म्यादी प्रहरीमा फारम भर्नेको लाईन !

  • आइतवार, चैत्र ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

चैत्र ६ काठमाण्डौँ । देशमा रोजगारीको अभाव कति छ भन्ने कुराको एउटा दृष्य म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको लाईन हेर्दा पनि कल्पना गर्न सकिन्छ । जम्मा ४० दिने सेवा अवधिका लागि र केबल ३० हजार कमाईका लागि निर्वाचन लक्षित म्यादी प्रहरी भर्ना आवेदन खुलेकै दिन देशभर फारम भर्नेको ठूलो लाईन देखिएको छ ।
कतिपय जिल्लामा त बच्चाका आमाहरु समेत लाईन लाखेको खबर छ । बेरोजगारीका कारण युवाहरु आवधिक छोटो कामका लागि भए पनि भर्ना हुन खोजेको देखिन्छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि देशभरका सबै जिल्लाहरुबाट आजदेखि एक लाख म्यादी प्रहरी भर्नाको लागि आवेदन खुलेको छ ।
चैत्र २२ मा छनौट हुने उम्मेद्धारले २८ गतेबाट तालिम शुरु गरेर अनि प्रहरीसँग ड्युटीमा खटिनेछन् ।
निर्वाचन सम्पन्न भएपछि उनीहरुको सेवा अवधि समाप्त हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी