चैत्र ६ काठमाण्डौँ । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षा प्रयोजनका लागि आजबाट जिल्ला जिल्लामा एक लाख म्यादी प्रहरी भर्ना खुलेको छ ।
प्रत्यक जिल्लामा आजैदेखि भर्ना लिन थालिनेछ ।
१८ बर्षदेखि ५४ वर्ष सम्मका योग्य नागरिकले आवेदन दिन सक्नेछन् ।
आवेदकहरु मध्यबाट १५ गतेदेखि छनौट प्रकृया शुरु गरी २२ गते अन्तिम नतिजा निकालिनेछ ।
त्यसपछि चैत्र २८ पछि उनीहरुको प्रशिक्षण शुरु हुनेछ । उनीहरुको ड्युटी अवधि ४० दिनको हुनेछ ।
म्यादी प्रहरीका लागि लत्ता कपडा, खाना खर्च बाहेक ४० दिनमा ३० हजार बढी नगद प्रदान गरिनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline