भुपेन्द्र थापा मगरले जीते नेपाल आईडल सिजन ४ को उपाधी

भुपेन्द्र थापा मगरले जीते नेपाल आईडल सिजन ४ को उपाधी

  • आइतवार, चैत्र ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं चैत्र ६ । भैरहवाका भूपेन्द्र थापा मगरले नेपाल आईडल सिजन ४ को उपाधी जीतेका छन् । चार पटक लगातार सबै सिजनमा प्रतिस्पर्धा गरेका उनले चौथो पटकमा आफनो सपना पूरा गर्दै उपाधी हात पारे । लोकप्रिय भोटिगंका आधारमा उनले गएराति उपाधी हात पार्न सफल भए । शनिबार एपीवान टेलिभिजनको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा भूपेन्द्रले उपाधि उचाल्दा फस्ट रनरअप नाङगेल तामाङ बने। रन्जित नेपालीले सेकेन्ड रनरअपको उपाधिमा स्थान जमाए।

दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले नेपाल आइडलको विजेता घोषणासँगै नगद पुरस्कार र उपहार प्रदान गरे। आइडल बनेका भूपेन्द्रले उपाधिसँगै ३० लाख नगद प्राप्त गरेका छन्। अध्यक्ष क्याप्टेन रामे˘वर थापाले उनलाई ३० लाखको चेक प्रदान गरे। स्कुटर, २५ लाख बराबरको जीवन बिमा र थुप्रै कोसेली उपाधिका साथ उनलाई प्राप्त भयो।

फस्ट रनरअप तामाङले ५ लाख नगद प्राप्त गरेका छन्। नगदसँगै स्कुटर, २० लाख बराबरको जीवन बिमा र अन्य उपहार पाए। ३ लाख नगद र ट्रफीसहित रन्जित नेपालीले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरे। उनले पनि स्कुटर, १५ लाख बराबरको जीवन बिमा सँगै अन्य उपहार पाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी