काँग्रेसलाई अत्याउदै केपी ओलीः काँग्रेसको बिचार छैन, १३ सिटमा झारिदिन्छौँ !

काँग्रेसलाई अत्याउदै केपी ओलीः काँग्रेसको बिचार छैन, १३ सिटमा झारिदिन्छौँ !

  • शनिबार, चैत्र ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

चैत्र ५ काठमाण्डौँ । पछि परिणाम जे आउला तर अहिले नेकपा एमाले एक्लैलै गठबन्धनलाई कठोर चुनौती दिईरहेको छ सरकार, संसयन्त्र र संरचनामा हैन अभिव्यक्तिमा । आजको एउटा सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई चित्त दुख्ने तीन वटा कुरा उठाए । एक शेर बहादुर देउवालाई लौरो टेकेर गएर भए पनि सूर्य चिन्हमा भोट हाल्नुस् । दोस्रो काँग्रेसको जनतामा जाने कुनै बिचार छैन । तेस्रो अबको चुनावमा काँग्रेसलाई १३ सिटमा झारिदिन्छौँ ।
यस अघि पनि गठबन्धनका सन्दर्भमा ओलीको आक्रोश रहँदै आएको छ ।
यता गठबन्धन गर्न हिचकिचाईरहेको काँग्रेसको अघिल्लो चुनावको परिणाम हेर्ने हो भने एमालेको भन्दा करीब आधा छ । प्रत्यक्ष निर्वाचित सांसदको हिशाब गर्ने हो भने त काँग्रेस माओवादी भन्दा पनि दश सिट तल छ ।
अहिले स्थानीय तह, प्रदेश र संघ सबैतिरको ठूलो दल एमाले नै हो विभाजनपछि पनि । यही बेला कमल थापाको राप्रपा नेपाल, मधेशमा लोसपा र राप्रपा नेपाल पनि एमालेसँग गठबन्धन गर्न सक्ने अनुमान गर्न थालिएको छ । कमल थापाले त पोखरामा पुगेर एमालेसँग तालमेल हुने घोषणा नै गरीसकेका छन् ।
यस्तोमा एकातिर पाँच दलीय गठबन्धन तालमेल गर्ने कि नगर्ने भन्नेमा अलमलिरहँदा एमालेले तालमेलको प्रकृया अगाडी बढाउन सक्ने संभावना बढ्दै गएको आंकलन शुरु भएको छ । यो स्थिति आयो भने कति सिट जित्छौँ त ? भन्नेमा काँग्रेसीजनहरु पनि पटक पटक सोँचीरहेका छन् । नेकपा फुटेकाले अब काँग्रेसले सबै तहमा बहुमत ल्याउछ भन्ने मोटामोटी बुझाई काँग्रेसीजनले बनाएको देखिन्छ । अवस्य पनि यस पटक काँग्रेसको केही सिट बढ्ने आँकलन धेरैले गरेका छन् तर त्यो बहुमत हुन्छ कि हुँदैन ? स्वयं उनीहरु एकीन गर्न सकेका छैनन् । त्यही भएर शेखर गगन समुह गठबन्धनको बिपक्षमा भए पनि सभापति अझै पनि गठबन्धनको वातावरण विगार्ने पक्षमा छैनन् ।

एमाले अध्यक्षको त्यो तिखो टिप्पणीले काँग्रेसका केही नेताहरुलाई आज भने बिझाएको छ । त्यसपछि आजै कीर्तिपुरमा आयोजित एक कार्यक्रममा काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले ओलीको सरकार ढलेपनि अहंकार नगएको टिप्पणी गरे । ओलीको अभिव्यक्तिको प्रतिकृया दिने काँग्रेसलाई फुर्सद नभएको उनको भनाई छ । काँग्रेस गठबन्धन गर्दा धेरै सिट आँउछ कि एक्लै लड्दा भनेर हिशाब किताबमा लागिरहेको प्रवक्ता प्रकाशशरण महतले जनाए ।
एमाले यो गठबन्धन टुटाउन पाएर एक्ला एक्लै चुनाव लड्दा र राजावादी वा हिन्दुवादी र लोसपासँग तालमेल गर्दा ठूलो दल बन्ने एमालेको भित्री आंकलन रहेको सो पार्टीका नेताहरुले ब्रिफिगं गर्ने गरेका छन् । माधव नेपालसँग ९ देखि १० प्रतिशत मात्रै कार्यकर्ता गएकाले मत पनि त्यही हिशाबमा मात्रै बाहिरिएको बुझाई एमालेको छ । माधव नेपालहरुको रिक्त स्थानको भरपाई पूर्व माओवादी खेमा र नवप्रवेशीहरुबाट गराउने एमालेको रणनीति छ । सोही अनुसार बीरगञ्जदेखि रंगेलीसम्मका मेयरहरुलाई उसले माला लगाईदिईसकेको छ ।
यस्तोमा काँग्रेस, माओवादी, एकीकृत समाजवादी , जसपा र जनमोर्चाको तालमेल नभएमा बढी लाभ हुने एमालेको बुझाईका कारण उसले पटक पटक चुनौतीपूर्ण अभिव्यक्ति दिईरहेको छ । गठबन्धन भित्र पनि तालमेल गर्ने नगर्ने खटपट रहीरहेकाले बाजी कसले मार्ने हो त्यो भने निर्वाचनको परिणामले देखाउनेछ । तर एमाले अध्यक्षले काँग्रेस नेतृत्वको गठबन्धनलाई अत्याउन भने पछि परेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी