चैत्र ५ काठमाण्डौँ । सत्तारुढ गठबन्धन भित्र चुनावी तालमेल हुने नहुने निश्चित भईनसकेका बेला बिपक्षी दलहरु भने तालमेलमा जुटेका छन् ।
यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी एमालेसँग तालमेल गर्ने कमल थापाको राप्रपा नेपालले घोषणा गरेको छ ।
आज पोखरामा बोल्दै उनले एमालेसँग प्रारम्भिक छलफल भएको र अब बिस्तृत छलफल गरे टुंगो लगाउने बताए ।
नेपालमा अब राजतन्त्र विदेशीले पनि ल्याउन नसक्ने, सेनाले कु गरेर पनि ल्याउन नसक्ने ठोकुवा गर्दै थापाले सनातन हिन्दु राष्ट्र नेपाल बनाउनु पर्ने र अबको आफूहरुको चुनावी एजेण्डा पनि यही हुने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline