रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

  • शनिबार, चैत्र ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिनुहुने सुप्रसिद्ध साहित्यकार श्री कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।

नेपाली भाषामार्फत साहित्य साधनामा निरन्तर समर्पित रहँदै मुख्यतः नेपाली कविताको विकासमा विशिष्ट योगदान गर्नुहुने मुक्तक सम्राज्ञी श्रीमती उषा शेरचनलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

डा।वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटन हुने भएको छ । सोही अवसरमा वाङमय शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण हुनेछन् ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई।शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी