चैत्र ३ नवलपरासी । अभिनेता पल शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दर्ता भएको छ।
१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध मुद्दा दर्ता भएको हो।
यसअघि शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो। सो पश्चात् फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन्।
हाल अभिनेता शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा रहेका छन्। उनको मुद्धामा एकै पटक फैसला हुने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline