चैत्र ३ काठमाण्डौँ । काठमाण्डौँमा फागुपूर्र्णिमा ( होली ) हर्षोल्लासका साथ मनाईदैछ । अहिले ठाँउ ठाँउमा जम्मा भएर नृत्य गर्ने र एक आपसमा रंग दलेर होली खेल्ने युवाहरुको भीड देखिन्छ । बसन्तपुरमा पनि हजारौँ युवाहरुको भीड छ । सडक, चोक, गल्लीमा युवा र बालबालिकाहरु होलीमा रमाईरहेको देखिन्छ । केही विदेशी पर्यटक पनि होलीमा रमाएको देख्न सकिन्छ ।
यता होलीमा मापसे गर्ने र सवारी साधन हाँक्नेहरु भने धमाधम कार्बाहीमा परीरहेका छन् । प्रहरीले दर्जनौँ ठाँउमा चेकिगं गर्दै मापसे गरेर चलाईएका सवारी नियन्त्रणमा लिएको छ । उपत्यकामा सुरक्षाका लागि ३५ सय प्रहरी परिचालन गरिएको छ ।
तराईमा भने भोली होली मनाईनेछ ।






यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline