चैत्र ३ नेपालगञ्ज । नेपालगञ्जको एक होटलमा जुम्लाकी ४० वर्षे महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेका एमाले सांसद मोहन बाँनीयालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत बाँकेले आदेश दिएको छ ।
अदालतले तोकेको ५ लाख धरौटी बुझाएर उनी बुधबार साँझै रिहा भएका छन् ।
प्रहरीमा उजुरी परेपछि उनलाई फागुण १६ गते विमानस्थलबाटै पक्र्राउ गरेर प्रहरीले हिरासतमा राखेको थियो ।
नेपालगञ्जको अप्सरा होटलमा पैसा दिन्छु भन्दै बोलाएर राती बास बस्न लगाई बलात्कार गरेको ती महिलाले माघ २७ मा पेशेको जाहेरीमा उल्लेख गरेकी थिईन् ।
बानीयालाई यस अघि नै सांसदबाट निलम्बन गरिसकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline