चैत्र २ विराटनगर । पछिल्लो पल शाह प्रकरणमामा युट्युबरको ब्यापक आलोचना भएपछि धमाधम युट्युबरमाथि कार्बाही थालेको प्रहरीले मोरङ बिराटचोकबाट पनि दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पत्रकार सम्झना राई र दुई युट्युबर र गाँउले सहित ११ जनालाई नियन्त्रणमा लिएको बताईएको छ ।
बालिका बलात्कार र हत्याको बिरोधमा चक्काजाम गरिएको भिडियो खिच्न पुगेका दुई युट्युबर, १ पत्रकार सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
हिजो साँझ भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको हो। पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन्।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जना पक्राउ परेको भन्दै उनीहरू सबैको पहिचान भइनसकेको बताए। प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ।