चैत्र १ काठमाण्डौँ । गृहमन्त्रालयले तीन जना डिआईजीलाई प्रहरी अतिरिक्त महानरीक्षक एआईजीमा बढुवा सिफारीस गरेको छ ।
मंगलबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु बसन्त कुमार पन्त, धिरज प्रताप सिंह, रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवाका प्रबल दाबेदार ठानिएका उत्तमराज सुवेदी र एआईजीको रेसमा रहेका ईश्वरबाबु कार्की भने बढुवा सिफारीसमा परेनन् ।
तीन जना बढुवा भएसँगै नेपाल प्रहरीमा ८ जना एआईजी हुनेछन्। हाल हरि पाल, प्रद्युम्न कार्की, निरज शाही, विश्वराज पोखरेल र सहकुल थापा एआईजी छन्। पाल, कार्की र शाही आईजीपी शैलेश थापा क्षेत्री ब्याचका हुन् र क्षेत्रीसँगै ०७९ वैशाख १९ गते अवकाशमा जानेछन्।
पोखरेल र थापा भावी आईजीपीका दाबेदार हुन्। आज बढुवा सिफारिस भएकामध्ये पन्त पनि आईजीपीकै ब्याचका हुन्। सिंह र धानुक भने पछिल्लो ब्याचको भएकाले आईजीपीको दौडमा सहभागी हुन पाउने छन्।
