एक लाख म्यादी प्रहरीका लागि जागिर खुल्यो, के चाहिन्छ योग्यता, कति हुन्छ कमाई ?

एक लाख म्यादी प्रहरीका लागि जागिर खुल्यो, के चाहिन्छ योग्यता, कति हुन्छ कमाई ?

  • मङ्लबार, चैत्र १, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

चैत्र १ काठमाण्डौँ । स्थानीय तहको चुनाव अवधिका लागि एक लाख म्यादी प्रहरी भर्ना प्रकृया शुरु भएको छ । प्रहरीले आज सूचना प्रकाशित गरी म्यादी प्रहरी माग गरेको हो । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने सूचना जारी भएको छ ।

१८ बर्ष देखि ५४ वर्ष भन्दा कम उमेरका सबै योग्य नागरिकले जिल्ला प्रहरी कार्यलयमा गएर फारम गर्न सक्ने छन् । म्यादी प्रहरीमा भर्ना हुनका नागरिकले फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । पूर्व सूरक्षाकर्मी, पूर्व म्यादी प्रहरी एवं वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई प्राथमिकता दिईने जनाईएको छ ।
चैत्र २२ मा अन्तिम नतिजा निस्किसकेपछि उनीहरुले ४० दिन सम्म म्यादी प्रहरीको रुपमा सेवा गर्न पाउनेछन् ।
म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह महिनाको २२,६८ रुपैयाँले ३० हजार २४० रुपैयाँ दिइने छ । यस बाहेक उनीहरुलाई खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी