चैत्र १ काठमाण्डौँ । नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।
नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल विन परहान अल साउद र नेपालका परराष्ट्रमन्त्री नारायण खड्काबीच भएको भेटवार्तामा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सम्झौता पछि दुबैदेशबीच शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रमा समन्वय र सहयोगको बाटो खुलेको छ ।
दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।
उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उनी यो भेटवार्ता सकेपछि आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline