सुदुरपश्चिममा निर्वाचित पालिका उपाध्यक्ष सहित काँग्रेस एमालेका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश

सुदुरपश्चिममा निर्वाचित पालिका उपाध्यक्ष सहित काँग्रेस एमालेका दर्जनौँ नेता कार्यकर्ता माओवादीमा प्रवेश

  • सोमवार, फाल्गुन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

फागुण ३० धनगढी । सुदुरपश्चिम प्रदेशमा एमाले, कांग्रेस लगायतका विभिन्न दल परित्याग गरी दर्जनौं नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे। पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले बाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा निर्वाचित तथा हाल कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर, नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, २०४८ र २०५४ मा लालझाडी गाउँपालिकाबाट दुइपटक नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुमना राना, २०४२ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका केदारसिंह गाउँपाििलका बmभांगका नेता लाल बहादुर शाही, अमगरगढी, ८ का नवराज ओझा नेपाली कांग्रेस परित्याग गरेर पार्टी प्रवेश गरेका छन् ।

यसैगरी नेकपा एमालेबाट २०७४ को वडा सदस्यमा निर्वाचित डिलासैनी गाउँपालिका, ४ का सदस्य राम बहादुर नेगी, नयाँ शक्ति पार्टीबाट२०६४ सालमा अध्यक्षका उम्मेदवार बिर बहादुर चौधरी लम्की चुहा नपा २, नागरिक उन्मुक्ति पार्टी भजनी नगरपालिकाका नेता इन्द्र बहादुर चोधरलगायत समेत पार्टीमा प्रवेश गरेका छन् ।

आजको कार्यक्रममा पार्टी प्रवेश गर्ने अन्य नेताहरुमा गोदावरी नगरपालिकाका कांग्रेसका नेता पदम बहादुर बलायर, नेकपा एमाले डोटी जिल्ला कमिति सदस्य आदर्श गाउँपालिकाका चन्द्रदेव पाठक, बजुरा त्रिवेणी नगरपाकिलाका एमाले नेता हिम्मत बहादुर शाही, नेकपा एमाले कैलालीका पर्व जिल्ला सल्लाहकार मनिराम सुनार, विशल नगरबाट नेपाली कांग्रेसका नेता नवीन खडका, घोडाघोडी नगरपाकिलाका एमाले नेता दशरथ न्यौपानेलगायत तीन दर्जनभन्दा बढी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी