काठमाडौं फागुण २९। बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । संसदमा एमालेको अवरोध जारी रहेपछि अधिवेशन नै अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।
करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन् ।
चालु आर्थिक वर्षको चार महिना मात्र बाँकी रहेको छ । प्रदेशसभामा अझै हिउँदे अधिवेशन चलिरहेको छ ।
हिउँदे अधिवेशनलाई कानुन निर्माण गर्ने समयका रूपमा लिईएपनि प्रदेश सरकारले यस अधिवेशन स्थगित गर्न खोजेको छ ।
यता, प्रदेश सरकारले बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने समय भैरहेको बेला अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline