अबैध औषधि बोकेको गाडी सहित चालक पक्राउ

अबैध औषधि बोकेको गाडी सहित चालक पक्राउ

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

झापा,  फागुन २८ गते । झापाको बुद्धशान्ति गाऊपालिका ४ स्थितबाट ठुलो परिमाणमा अबैध औषधि बोकेको गाडी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गाडी चालक ईलाम सुर्योदय नगरपालिका ३ का ३० बर्षीय सईन्द्र राई रहेका छन् । हिजो बेलुका सँवा ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपी ल्याउदै गरेको  Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता, ZEEGOLD women soft Gelatin capsules १५०पत्ता, ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता, ZINCOCET २०० पत्ता, KT5Derm ७०० पत्ता, Gulfadryl ४५६ वोतल, ZENEGRA RED100 ८८४०पत्ता, Labdic Relief  २०० पिस, ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता, InsTAZIN १८०० पत्ता र  PARABOOST 650mg १६०० पत्ता अबैध औषधी बरामद गरि गाडी र चालकलाई पक्राउ गरिएको हो । सो परिमाणको अबैध औषधी अन्दाजी ६९ लाख भन्दा बढी मुल्य रहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बरामद भएको अबैध औषधी थप अनुसन्धानको लागी औषधी ब्यावस्था बिभाग शाखा कार्यालय कन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ