फागुण २६ संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका(६ मा भएको बस दुर्घटनामा परी मृत्यु भएका सबैको पहिचान खुलेको छ ।
दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।
मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्।
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याईएको छ ।
आज मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।
यी हुन् दुर्घटनामा मृत्यु भएकाहरु :
३५ वर्षिय विपिन निरौला -सवारी धनी तथा चालक , तेह्रथुम
३५ वर्षिय उमेश भट्टराई -सहचालक, मादी–६, संखुवासभा
४५ वर्षिय दीपक दाहाल – मादी ५, संखुवासभा
५२ वर्षिय श्याम शेर्पा-मादी ५, संखुवासभा
५५ वर्षिय भवानी दाहाल- मादी ५, संखुवासभा
३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा
५ वर्षिया दिक्षा कटवाल( मादी ६, संखुवासभा
३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा
३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा
३५ वर्षिया सबिता राउत कार्की- मादी ४, संखुवासभा
३० वर्षिया सीता विक-मादी ६, संखुवासभा
६० वर्षिय बलबहादुर कार्की-मादी ४, संखुवासभा
३१ वर्षीया समिक्षा योन्जन-ताप्लेजुङ
८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ