महाकालीमा भारतको अतिक्रमण, नेपाली जनताको बिद्रोहपछि भारतीय जेसिबि फर्कियो, सरकार मौन

महाकालीमा भारतको अतिक्रमण, नेपाली जनताको बिद्रोहपछि भारतीय जेसिबि फर्कियो, सरकार मौन

  • बुधबार, फाल्गुन २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

फागुण २५ दार्चुला । महाकाली नदीमा भारतको एकपक्षीय ज्यादती बढेको छ । महाकालीको धार परिवर्तन गर्ने गरी एकतर्फी बाँध बनाईरहेको भारतले जबरजस्ती नदीलाई नेपालतिर धार बग्ने गरी जेसीबी ल्याएर उत्खनन् शुरु गरेपछि आक्रोशित नेपाली स्थानीय समुदायले ढुंगामुडा प्रहार गरेका थिए ।
त्यसपछि भारतीय पक्षले पनि ढुंगा हानेको थियो । यही बीचमा तनाव नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मीले परिचालित भएका थिए ।
जनताको यो आक्रोशपछि भारतीय जेसिवि फिर्ता भएको स्थानीयले बताए । नेपाल पक्षलाई जानकारी नै नदिई भारतले एकतर्फी बाँध बाँधेको सन्दर्भमा नेपाल सरकारले जिल्ला प्रशासन कार्यलय मार्फत पत्राचार गर्ने बाहेक कुनै दकम चाल्न सकेको छैन ।
यस अघि महाकालीमा तुईन चुडाएर भारतीय सुरक्षा फौजले नेपालका जयसिंह धामीको गत भदौमा हत्या गरेको थियो ।
जयसिंहको शब खोज्न ड्रोन उडाउन खोज्दा समेत भारतले अनुमति दिएको थिएन ।
भारतीय पक्षले पुरानो बाँधेको तटबन्धसँगै महाकाली नदीमा नेपालतर्फ ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माण गरिरहेको छ। तटबन्ध निर्माणसँगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन्।
भारतको बलमिच्याई बिरुद्ध सरकार जहिले मौन बसेको स्थानीयवासीको भनाई छ । यो बाँध बनेमा नेपालतिर डुबान पर्ने, झोलुगे पुलमा खतरा उत्पन्न हुने जनताको चिन्ता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी