काठमाडौं । ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
जिल्लाको कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्मा रहेका छन् ।दुई दिनका एक शिशुको भने उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थाका भेटिएका २२ वर्षीय शुभ तामाङको उपचार जारी छ ।
सुत्केरीका लागि कोइला बालेकाले निस्सासिएर मृत्यु भएको हुनसक्ने पनि प्रहरीको आशंका छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline