काठमाडौं । वरिष्ठ कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको हो ।
छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो ।
२००७ सालको राणा विरोधी आन्दोलनमा उहाँ सप्तरीको हनुमाननगर क्षेत्रको मोर्चामा खटिनु भएको थियो । पञ्चायत अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाको एक घटक थियो ।
उहाँको आइतबार नै पशुपत आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बर्माका श्रीमती, ३ छोरा, ४ छोरी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline