फागुण २२ काठमाडौं । भीम रावल एमसीसी बिरुद्ध सक्रिय नेताका रुपमा परिचित छन् । उनी संसदबाट यथास्थितिमा एमसीसी अनुमोदन हुनु हुँदैन भन्ने पक्षमा थिए । जब कि तात्कालिन नेकपामै हुँदा पनि उनी एमसीसी बिरुद्ध थिए ।
एमालेले संदन अवरोध गरीरहँदा उनी पार्टी निर्णय विपरीत सभामुखको अनुमतिमा एमसीसी बिरुद्ध बोल्दै थिए । एमालेका मुख्य सचेतक बिशाल भट्टराईले सभामुखलाई भेटेरै रावललाई बोल्न दिएकामा आपत्ति जनाए ।
त्यसपछि अहिले रावल फेरी पार्टीले गरीरहेको संसद अवरोधको खुलेरै बिपक्षमा उभिएका छन् ।
रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको भन्दै पार्टी नीति विपरीत अभिव्यक्ति दिएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको तर्क गरे ।
यस अघि एमाले अध्यक्ष ओलीले रावलले पार्टी नीति विपरीत काम गरेको भन्दै आलोचना गरेका थिए । तर रावलमाथि एमालेले कार्बाही गरेको छैन ।
यसको कारण रावल माधव नेपालको शिबिर छाडेर ओलीसँग आएका थिए । आलोचना गर्दै भए पनि एमालेमै टिकिरहेका छन् । पार्टी विभाजनको असर कम गर्न रावललाई टिकाउनै पर्ने भएकाले पनि ओली उनीमाथि कार्बाही गरीहाल्ने मनशाय भने छैनन् ।