फागुण २१ काठमाण्डौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेले अटेर गरेर संसद अवरोध गरीरहे अर्लि ईलेक्सनमा जान सकिने बताएका छन् ।
उनले काँग्रेस निकट कर्मचारी युनियनाको कार्यक्रमलाई संवोधन गर्दै एमाले संवादमा नआए संसदको कार्यकाल नसकिदै संसदीय चुनाव हुन सक्ने बताए ।
मंसीरमा हुनु पर्ने चुनाव एमालेका कारण त्यस अघि गर्नु पर्ने अवस्था आउने थापाको दाबी छ ।
बैशाख ३० गते स्थानीय तहको चुनाव गरेर लगत्तै संघ र प्रदेशको चुनाव गर्न सकिने उनले दाबी गरे ।
कार्यक्रममा उनले अब आउने निर्वाचन पछि काँग्रेसको एकल बहुमत आउने र पाँच वर्ष शानदार ढंगले सरकार चलाउने दाबी पनि गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline