नमोबुद्धका किशोरीहरुलाई आत्मरक्षा तालिम

नमोबुद्धका किशोरीहरुलाई आत्मरक्षा तालिम

  • शनिबार, फाल्गुन २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीहरुका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ ।
नगरमै पहिलोपटक आयोजना गरिएको आत्मरक्षा तालिम शुक्रबारबाट नमोबुद्ध नगरपालिका ८ मा रहेको दाप्चा माविमा सुरु भएको छ । तालिमको नगर प्रमुख टी।पी शर्मा तिमल्सिनाले उद्घाटन गरेका थिए । नमोबुद्ध नगरपालिका वडा नं १, ७, ८, ९ र १० का विभिन्न पाँचवटा विद्यालयका ४० जना किशोरीहरु तालिमममा सहभागी भएका छन् ।
नमोबुद्ध नगरपालिकाको सहयोगमा नमोबुद्ध नगरपालिका ८ मा रहेको द माउन्ट एभरेष्ट तेक्वान्दो डोजाङले तालिम आयोजना गरेको हो । उक्त डोजाङका प्रशिक्षकहरुले तीन दिनसम्म किशोरीहरुलाई प्रशिक्षण दिनेछन् । लैंगिक हिंसा न्यूनिकरण गर्ने लक्ष्य साथ उक्त तालिम आयोजना गरिएको हो । तालिममबाट किशोरीहरुलाई कुनैपनि दुव्र्यवहार भएमा प्रश्न उठाउन सक्ने, कुनै व्यक्तिले आफुलाई गरेको व्यवहार चित्त नबुझेमा त्यसको तत्काल प्रतिवाद गर्नसक्ने, यदि कुनै दुव्र्यवहार भएमा स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न सक्ने, कसैले शारिरिक रुपमा दुव्र्यवहार गरेमा भौतिक रुपमा प्रतिकार गर्न सक्ने बनाउने लगायतका उद्देश्य राखिएको छ । यस्तै कानुनी व्यवस्था लगायतका विषयमा पनि जानकार बनाउने उद्देश्य पनि लिइएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा नगर प्रमुख टी।पी शर्मा तिमल्सिनाले यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गर्ने र यसले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । महिलामैत्री, बालमैत्री नमोबुद्ध नगर निर्माणका लागि आफूहरु निर्वाचित भएदेखि नै निरन्तर विविध कार्यक्रमहरु सञ्चालन गरिएको तिमल्सिनाको भनाई थियो । यस्तै उपप्रमुख रामदेवी तामाङले किशोर उमेरदेखि नै लैैगिक हिंसा सुरु हुने गरेको भन्दै त्यसलाई न्यूनिकरणका लागि यस्तो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालिम आयोजना गर्नुको कारणबारे प्रष्ट पारेका थिए । दाप्चा माविका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा नं। १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतले पछिल्लो आत्मरक्षा तालिमबाट हुने फाइदाका विषयमा मन्तव्य राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी