काठमाडौं फागुण २०। प्रतिनिधि सभाबाट एमसीसी पारित भएको बिरोधमा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा जनमोर्चा लगायतका विभिन्न साना पार्टीहरुले आज सँयुक्त बिरोध सभा गरेका छन् ।
उनीहरुले खुल्लामञ्चमा बिरोध सभाको आयोजना गरी एमसीसी खारेज गर्र्न माग गरेका हुन् ।
खुल्लामञ्चमा भएको सभालाई संवोधन गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाली जनतालाई घात गरेर एमसीसी अनुमोदन गरिएको भन्दै जनताले यसलाई स्वीकार नगर्ने बताए ।
ओली, प्रचण्ड र माधव नेपालले कुर्सीका लागि एमसीसी साटेको भन्दै एमसीसी अनुमोदन हुँदा भारत पनि रिसाएको विप्लवको दाबी छ ।
यसै गरी देशभक्त देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदले एमसीसी पास गरेर नेपालले अमेरिकालाई आफ्ना योजना लागू गर्न बाटो खोलिदिएको भन्दै एमसीसी खारेज हुने संभव रहेको दाबी पनि गरे ।
माईतीघरबाट र्याली सहित खुल्लामञ्च पुगेर प्रदर्शन सभामा परिणत भएको थियो ।