जनयुद्धका शहिद परिवारलाई एक लाख नगदसहित सम्मान

जनयुद्धका शहिद परिवारलाई एक लाख नगदसहित सम्मान

  • बिहिबार, फाल्गुन १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सप्तरी, फागुन १९ । जनयुद्धका शहिद परिवारहरुलाइ सम्मान तथा चेक वितरण कार्यक्रम विहीवार सप्तरीको राजविराजमा एक समारोह विच सम्पन्न भएको छ । मधेस प्रदेश सरकार आन्तरिक मामिला तथा सन्चार मन्त्री एवम मधेशी शहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहिद परिवारलाई १/१ लाख रुपैयाँ सहित सम्मान पत्रद्दारा १२ जना शहिद परिवारलाई सम्मान तथा चेक हस्तान्तरण गर्नु भयो ।

उहाँले जनयुद्धका बेला शहादत भएका तथा छुटेका सम्पुर्ण शहिद परिवारलाई पनि सम्मान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सप्तरीका जनयुद्ध शहिद १२ जनाहरुमा तिरहुत गापाका राम कुमार मुखिया ,जिवानन्द यादव,अग्नी सायर गापाका गुणानन्द चौधरी ,सुरुगा नपाका दुर्गा पौडेल,अर्जुन कोइराला,डाकनेश्वरी नपाका रमेश राम,रामेश्वर चौधरी,राजगढ गापाका वीरेन्द्र यादव,सकलदेव यादव,राम विलास राम,वलान विहुल गापाका कमलेस यादव,जुक्ती यादवको परिवारलाई मन्त्री एवम प्रतिष्ठानका अध्यक्ष साहले १/१ लाख रुपैयाँ सहित सम्मान पत्रद्दारा सम्मान गर्नु भयो ।

May be an image of 7 people and people standing

सो अवसरमा प्रदेश सासदद्वय जगत प्रसाद यादव, प्रमिला यादव , संविधान सभा सदस्य एव नेकपा माओबादी केन्द्रका सप्तरी ईन्चार्य अमर मण्डल , मन्त्रालयका सचिव राम कुमारमहतो ,सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गोतम , नेपाल पत्रकार महासङ्घ सप्तरी अध्यक्ष श्रवण कुमार देव, प्रतिष्ठानका सदस्य कविता ठाकुर लगायतले जनयुद्धका शहिद परिवारहरुलाइ सम्मान मधेस प्रदेश सरकार, आन्तरिक मामिला तथा सन्चार मन्त्री एवम मधेशी शहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहलाई धन्यवाद दिनु भयो ।

May be an image of 8 people and people standing

May be an image of 5 people, people standing and indoor

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ