फागुण १९ काठमाण्डौँ । नेपालले एक पछि अर्को पश्चिमा राष्ट्रहरुको समुहमा सामेल भएर युक्रेन रुस मत दिन थालेको छ ।
सँयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्मा रुसको बिरुद्ध मत दिएको नेपालले गएराति पनि युद्धको भत्र्सना गर्न गरिएको मतदानमा नेपालले भाग लिएको छ । जसमा नेपालले युक्रेन आक्रमणको बिरुद्ध रुसमाथि भत्र्सना प्रस्तावको पक्षमा मतदान गरेको छ ।
नेपाल सहित १४१ देशले रुसको बिरुद्ध मतदान गरे । ३५ देश अनुपस्थित रहे भने ५ देशले रुसको पक्षमा मतदान गरे ।
यस अघि नेपालले युद्धको बिरोध गर्दै वार्ता मार्फत समस्याको समाधान गर्न अपील गरेको थियो ।
चीन र भारत जस्ता देशले तठस्त नीति देखाईरहेका बेला काँग्रेस नेतृत्वको सरकारले शक्तिशाली मुलुकसँगको कुटनीतिक सम्बन्धमा ध्यान नदिई पश्चिमा देशहरुसँग तालमेल गरेको भन्दै नेपालमा आलोचना शुरु हुन थालेको छ ।
वार्ताको अपील स्वभाविक भए पनि मतदानमै भाग लिएर रुस बिरुद्ध उभिनु नेपाललाई शान्ति क्षेत्र र असंलग्न परराष्ट्र नीतिको बिरुद्ध हुन जाने एक बुद्धीजीवीले बताए ।
शीत युद्धका बेला समेत अमेरीका र रुसबीच सन्तुलन बनाएको नेपालले अहिले हतारिएर वक्तब्य निकाल्ने, पक्ष विपक्षमा मतदानमा भाग लिने जस्ता कदमले गंभीर असर पर्न सक्ने चिन्ता विज्ञहरुले गर्न थालेका छन् ।
केही दिन अघि मात्रै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरीकाका बिदेशमन्त्रीसँगको टेलिफोन कुराकानीमा समेत युक्रेन संकटको बारेमा समेत चर्चा गरेका थिए ।