फागुण १८ काठमाण्डौँ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्नुपरेमा आफूले आत्महत्या समेत गर्ने भनेर बोलेको कुरा पुष्टि गर्न एमालेलाई चुनौती दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई लिएर सभामुख सापकोटाको भूमिकाका बारेमा मंगलबार बिज्ञप्तिमा उल्लेख थियो ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले आज विज्ञप्ति निकाल्दै एमालेले राजनीतिक पूर्वाग्रहसहित आरोप लगाएको बताएका छन् ।
“लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ। ” विज्ञप्तिमा उल्लेख छ ।
न्यौपानेले सभामुखले अहिले संविधान, प्रतिनिधि सभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गरिरहेको पनि जनाएका छन्।
एमालेले माधव नेपाल सहित १४ सांसदलाई कार्बाही नगरेकामा सभामुख बिरुद्ध आक्रोस व्यक्त गर्दै राजीनामा माग गर्दै आएको छ ।
