१७ फागुन, काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको एउटा पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका छन् ।
पर्खाल भत्किँदा घाईते भएका एकजनाको उपचार भईरहेको र अर्का एक जना सामान्य उपचारपछि घर फर्किएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए ।
पर्खाल भत्किएर पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका लागी पठाइएको उनले बताए ।
पुल जीर्ण रहेका कारण भत्किएको बताईएको छ । घटना हुँदा प्रहरी नजिकै भएकाले उदार छिटो भएको र धेरै क्षति हुन नपाएको उनले बताए ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline