महाशिवरात्रीमा पशुपति जादैँ हुनुहुन्छ ? मास्क अनिर्वाय लगाउनुहोला

महाशिवरात्रीमा पशुपति जादैँ हुनुहुन्छ ? मास्क अनिर्वाय लगाउनुहोला

  • मङ्लबार, फाल्गुन १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, १७ फागुन । महा शिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । आज हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पशुपतिमा भीड बढेको छ, कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै हामीले मास्क र स्यानिटाइजर अनिर्वाय गरेका छौँ, मास्क प्रयोग नगर्नेलाई प्रवेश दिइने छैन ।” पशुपति क्षेत्रमा दर्शनार्थीहरूको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मी तथा स्वयम्सेवकसमेत आज साँझ ५ बजेदेखि परिचालन गरिएका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलन थापाले जानकारी दिनुभयो । त्यसैगरी मेला क्षेत्र र दर्शन मार्गमा सिसी क्यामरा जडान गरिएको छ । पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो ।

पशुपति क्षेत्रमा चोरी लुटपाटलगायत घटना रोक्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मी परिचालन गरिएको शिवरात्रिको प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तजनका लागि विशेष सुरक्षा योजनासमेत बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज पशुपति क्षेत्रको निरीक्षण अवलोकन गर्नु भई दर्शनार्थीलाई पानी तथा निःशुल्क खानाको व्यवस्थापन गर्न निर्देशन दिनुभएसँगै अहिले उक्त क्षेत्रमा निःशुल्क खाना तथा पानीको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

मन्दिर दर्शनका लागि तीनवटा दर्शन मार्ग व्यवस्था गरिएको छ । गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एअरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ ।

यसैगरी गाडीको व्यवस्थापनका लागि पाँच ठाउँ कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । मन्त्री आलेको निर्देशनपछि अहिले पशुपति क्षेत्र झिलीमिली बनाइएको हो । पशुपति दर्शनमा आउने भक्तजनलाई कुनै पनि कुराको कमी हुन नदिन र लाइन लगाएर छिटो दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्नसमेत मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम पनि सम्पन्न भएको छ । पशुपति क्षेत्रमा रु ५० लाख बराबरको बिजुली बत्ती र फूलले सजाइएको छ । दाताहरूको सहयोगमा बिजुली तथा फूलले सजावट गरिएको हो । यसैगरी मन्त्री आलेको निर्देशनमा पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्रलेखन पनि सम्पन्न भएको छ । यसैगरी महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुनाकुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ