महाशिवरात्रि: जय शम्भो ! पशुपतिमा गाँजा तान्दै साधुसन्त

महाशिवरात्रि: जय शम्भो ! पशुपतिमा गाँजा तान्दै साधुसन्त

  • सोमवार, फाल्गुन १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 24K
    SHARES

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ ।  महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले पशुपतिनाथ क्षेत्र सजाइएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिव रु ५० लाख खर्च भएको बताइएको छ । यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ । भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस क्षेत्रलाई रङ्गीचङ्गी र झिलिमिली बनाएका छौँ, अहिले यहाँ स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ ।” खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएपछि यो क्षेत्र झनै मनमोहक र अर्कषक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ ।

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पशुपति आइपुगेका साधुसन्त मन्दिर परिसरमा गाँजा तान्दै बसिरहेको भेटिन्छ। सरकारले महाशिवरात्रीमा गाँजा प्रयोगमा रोक लगाएको छ ।

तस्बिरहरु

महाशिवरात्रिका दिन भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट पशुपतिनाथ मन्दिर परिसरमा आइपुगेका साधुसन्त ।

तस्बिर: रत्न श्रेष्ठ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी