झापा, फाल्गुन १६ गते । झापाको मेचीनगर नगरपालिका-५ स्थित मेचीखोला बगरबाट लागु औषध सहित २ जना र मेचीनगर-६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-३ का १९ बर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङ का २२ बर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई-१ का २३ बर्षीय जोसेफ थापा रहेका छन ।
हिजो दिँउसो मेची खोला बगरमा संकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपाल तर्फ आउदै गरेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा निजहरुको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र क्याप्सुल-२०४ पिस, NITROSUN10 ट्याव्लेट-१ पिस सहित बरामद भएको हो, भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline