गिरीले स्कुलबाट फर्किएकी करुणालाई बलात्कार पछि हत्या गरेर ढुंगाले छोपेको पुष्टी

गिरीले स्कुलबाट फर्किएकी करुणालाई बलात्कार पछि हत्या गरेर ढुंगाले छोपेको पुष्टी

  • शुक्रबार, फाल्गुन १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

फागुण १३ विराटनगर । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ वर्षिया करुणा राईलाई स्कुलबाट फर्कने क्रममा सोही ठाउँका ६३ वर्षिय दिपक गिरीले बाटोमा बलात्कार गरी हत्या गरेर उनको शबलाई ढुंगाले छोपेको स्वीकार गरेका छन् ।

गिरीले बलात्कार गरेपछि पोल खुल्ने डरले मुख थुनेर पिटेर हत्या गरेको र लुगा जुत्ता घर छेउमा ल्याएर जलाएको स्वीकारेका छन् । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।

गिरीलाई प्रहरीले आज पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

गिरीलाई करणी र कर्तव्य ज्यान मुद्धामा हिरासतमा राखिएको छ । पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो ।

स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो ।
यो घटनापछि विद्यार्थी र स्थानीयवासी स्तव्ध भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी