दाईजो प्रथालाई चुनौती दिँदै चौरसियाले गरे आदर्श विवाह !

दाईजो प्रथालाई चुनौती दिँदै चौरसियाले गरे आदर्श विवाह !

  • मङ्लबार, फाल्गुन १०, २०७८
  • दिपक चौरसिया

  • 18.2K
    SHARES

वीरगंज ९ फागुन । तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै पर्सा जिल्लामा एक जोडीले आदर्श विवाह गरेका छन् । वीरगंज स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि.का जिएम हरेराम चौरसियाले वीरगंज वडा नं. ४ निवासी दिव्या चौरसिया सँग वीरगंजमा एक कार्यक्रमका बीच हिन्दू परम्पराअनुसार विवाह गरेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.४ हाल वीरगंज महानगरपालिका वडा नं. २४ रानीघाट स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि. वीरगंजका म्यानेजिङ्ग डाईरेक्टर एवं समाजसेवी सत्रुध्न प्रसाद चौरसियाका छोरा हरेराम चौरसिया र वीरगंज महानगरपालिका वडा नं. ४ लक्ष्मीनगर टोल बस्ने यादवलाल चौरसियाका छोरी दिव्या चौरसिया सँग फागुन ६ गते वैवाहिक बन्धनमा बाँधिएका हुन् ।
मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको कम्पनीका मैनेजर संजिव कुमार रायले बताए । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् ।
सञ्चालक चौरसियाले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका बुवा यादवलाल चौरसियाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी