बैतडी फागुण ९ । बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ६ जना घाईते भएका छन् ।
पाटन नगरपालिका हिरापुरस्थित भित्रि सडक खण्डमा आज दिँउसो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थी रहेका छन् ।
घाईतेहरुको उपचारका लागि डडेलधुरा लगिएको छ । टिपरमा करिब २५ जना विद्यार्थी चढेर घर फर्किँदै गरेको अवस्थामा दुर्घटना भएको हो । ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline