लामो रस्साकस्सीपछि एमसीसी संसदमा पेश गर्ने कुरामा प्रधानमन्त्री देउवा सफल भएका छन् । उनले आफ्नो अडानमा टस मस नभएपछि प्रचण्ड र माधव नेपाल संसदमा एमसीसी टेबल गर्न सम्मका लागि सहमत भएका छन् ।
बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यो सहमति भएकाले आजै यसलाई संसदमा टेबल गर्ने र छलफल थाल्ने तयारी सरकारले गरेको छ ।
नियम अनुसार अर्थमन्त्रीले संसदमा टेबल गर्नु पर्ने भएपनि उनी सहमत नभए पछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले संसदमा टेबल गर्ने तयारी गरेका छन ।
गठबन्धनको बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अब एमसीसी टेबल हुने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline