कञ्चनपुर बाट भालुको पित्त र यार्सागुम्बा तस्कर पक्राउ

कञ्चनपुर बाट भालुको पित्त र यार्सागुम्बा तस्कर पक्राउ

  • शनिबार, फाल्गुन ७, २०७८
  • डम्मर दत्त भट्ट

  • 10.9K
    SHARES

कञ्चनपुर फाल्गुण ७ । कञ्चनपुर प्रहरीले भालुको पित्त र यार्सागुम्बा तस्करलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पुर्वमा रहेको कृष्णपुर नगरपालिका ५ गुलरिया क्षेत्रबाट भालुको पित्त र यार्सागुम्बा तस्करलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले बेचबिखन भईरहेको अवस्थामा प्रहरीले भालुको पित्त र यार्सागुम्मा तस्करीमा संलग्न एक व्यक्तिलाई पक्राउ समेत गरिएको बताए ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीका अनुसार जुम्ला कन्सासुन्दरी ६ स्थानीय ५७ बर्षिया बिर्ख कामीलाई पक्राउ गरिएको छ । उक्त भालुको पित्त र यार्सागुम्बा सहित कामीलाई पक्राउ गरिएको हो । जुम्ला घर भएका कामी केही समयदेखि गोदाबारी नगरपालिका २ अत्तरियामा बस्दै
आएको समेत बताएका छन् । कामिका साथबाट भालुको पित्त ९२ग्राम र ५ सय २४ ग्राम यार्सागुम्बा बरामद गरेको छ । ५ सय ग्राम कामिको डेराबाट बरामद गरिएको छ । प्रहरीले बरामद गरेको भालुको पित्त र यार्सागुम्बा जुम्लाबाट ल्याएको अनुमान गरेको छ ।‘भालुको पित्त सहित यार्सागुम्बा बरामद बारे थप अनुसन्धान भईरहेको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख एसपी चौधरीले भने, ‘बरामद गरिएको यार्सागुम्बा र भालुको पित्त वन कार्यालयमा बुझाएको छ ।’ बन्यजन्तु तस्कर समुहको कञ्चनपुर प्रहरीले आनशिक चेन तोड्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ