अब राजतन्त्र हैन हिन्दु राष्टको नारामा आधारीत कमल थापाको पार्टी

अब राजतन्त्र हैन हिन्दु राष्टको नारामा आधारीत कमल थापाको पार्टी

  • शनिबार, फाल्गुन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले आज नयाँ पार्टी घोषणा गरेका छन । उनले पार्टी विभाजन नगर्ने भन्दै गीताको कसम खाए पनि चुनावमा पराजीत भएपछि नयाँ पार्टी गठन गर्न पुगेका हुन । उनले पूर्वराजाप्रति आक्रोश व्यक्त गर्दै अब हिन्दु राष्ट्र निर्माणको लक्ष्य सहित पार्टी गठन गरेका हुन् ।
अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नु परेको बताए।

शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उनले लिङदेनले एकपक्षीय ढंगबाट पार्टी संचालन गर्ने, आफूहरुलाई पाखा लगाउने र धकेलेर पर पुर्‍याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नु परेको बताए।

अध्यक्ष थापाले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटकपटक दोहोर्‍याए। उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गरे। त्यस अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने पनि बताए।

यस्तै पाँच वर्षअघि भएको राप्रपा नेपाल र राप्रपाबीच एकतामा आफ्नो गल्ति भएको पनि थापाले बताए। थापाले आफूले पार्टी फुटाएको नभई पुरानो घरमा फर्किएको दावी गरे। केही समयअघि सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा छाडेका हुन्। लाक्पा तामाङले नेतृत्व गर्दै आएको राप्रपा, नेपालको अध्यक्षमा केही दिन पहिले मात्रै थापा चयन भएका हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ