मोटरसाईकल दुर्घटना हुँदा २ जना चालकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा २ जना चालकको मृत्यु

  • शनिबार, फाल्गुन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

बिराटनगर, फाल्गुन ७ गते । सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ ।
हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोशी लोकमार्गमा को.२०प ९८९६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा  बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको हो भने मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को.३५प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक बिराटनगर-१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ