नेपालमा अमेरीकी सहायता परियोजना एमसीसी बिरुद्ध आन्दोलन चर्कदै जादा र संसदमा रहेका दलहरु समेत विभाजित भएका बेला अमेरीकाले पुनः चेतावनीपूर्ण अभिव्यक्ति दिएको छ । अमेरीकी दुतावासको आधिकारीक सामाजिक सञ्जाल मार्फत नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले अमेरिकाले हिंसा वा हिंसा भड्काउने विचार नस्वीकार्ने बताएका छन् ।
एमसीसीबारे हिंसा भड्काउने बिचारहरु स्वीकार गर्न नसकिने राजदुत बेरीले बताए ।
‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ, तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने उनको तर्क छ ।
यस अघि पनि अमेरीकाले एमसीसी छिटो अनुमोदनका लागि नेपालका नेताहरुलाई दबाब दिएको सार्वजनिक भए पछि अमेरीकाको थप आलोचना बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline