दाङको घोराही उपमहानगरपालिका १९ खिनगाँउ बस्ने ५५ वर्षकी ईन्द्र कुमारी घर्तीलाई उनकै बुहारी र अर्की महिला मिलेर हत्या गरेको खुलेको छ । ईन्द्र कुमारीको घर नजिकै खोल्सामा आज बिहान शब फेला परेको थियो । छिमेकीको घरमा न्वारन खान गएकी ईन्द्र कुमारी राति सम्म घरमा नआएपछि खोजी गर्दा आज बिहान रगताम्मे अवस्थामा उनको शब फेला परेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण बुहारी बसन्ती घर्तीले बाटोमै काठको मुंग्रोले हानेर बेहोस् बनाएको र अर्की सहयोगी दुर्गा घर्तीले खोल्सामा खसालेर हत्या गरेको प्रहरीले बताएको छ । त्यसपछि प्रहरीले बुहारी २३ वर्षे बसन्ती घर्ती र २२ वर्षे दुर्गा घर्तीलाई नियन्त्रणमा लिएको छ । अहिले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline