बलात्कार अभियोग लागेका एमाले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

बलात्कार अभियोग लागेका एमाले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

  • बुधबार, फाल्गुन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

फाल्गुन ४, काठमाडौँ । जबरजस्ती करणी अभियोग लागेका एमाले सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुधन न्यौपानेले जानकारी दिए ।

नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँ विरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

बाँकेका सीडीओ सूर्यबहादुर खत्रीले सांसद बानियाँविरुद्ध उजुरी दर्ताभएपछि अदालतबाट पक्राउ पूर्जी आएको र यो स्वाभाविक प्रक्रिया भएको बताए । सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ