उपत्यकामा बन्दको प्रभाव न्युन, २ दर्जन बन्दकर्ता प्रहरीको नियन्त्रणमा

उपत्यकामा बन्दको प्रभाव न्युन, २ दर्जन बन्दकर्ता प्रहरीको नियन्त्रणमा

  • बुधबार, फाल्गुन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एमसीसीको बिरोधमा विभिन्न ६ वटा साना कम्युनिष्ट घट्टकहरुले आव्हान गरेको नेपाल बन्दको उपत्यकामा प्रभाव न्युन देखिएको छ । सडकमा प्रायः सवारी साधन चलेका छन् भने धेरै जसो बजार पसल खुला रहेका छन् ।
लामो दुरीका यातायात केही प्रभावित बनेका छन् भने निजी शिक्षणसंस्थाहरु बन्द रहेका छन् । यद्यपि, उद्योगधन्दाकलकारखाना चलिरहेका छन् ।
मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा लगायत ६ दलले बन्दको आव्हान गरेका हुन् ।
बन्द गराउन खोज्ने २ दर्जन बढीलाई काठमाण्डौँ उपत्यकाको विभिन्न ठाँउबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गृहमन्त्रालयले ठूलो मात्रामा सडकमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ